Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा, अर्को पेशी बुधबार मात्रै


    शुक्रबार, असोज १६ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध दर्ता भएको रिटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

    अर्को सुनुवाई अर्को हप्ता बुधबारमात्रै हुने भएको छ। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ। शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए।

    शुक्रबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहसको सुरुआत गरेका थिए।

    उनलाई सरकारको सिफारिसिमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। नेता गौतमले राष्ट्रिय सभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्। सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार