Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- संविधान संशोधनमा हतार गर्नुपर्ने छैन


    मंगलबार, असोज २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको टिप्पणी गरेका छन् ।

    पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका हुन् ।

    यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भने, ‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर संविधान गर्नुपर्छ ।’

    उनले अगाडि भने, ‘एउटा हिसाबले बेला भएको छ कि छैन के लाग्छ ।’

    अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार