Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष ओलीले भने- पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउन चाहे ‘वेलकम’ छ


    आइतबार, भाद्र १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने उल्लेख गरेका छन्।

    एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले भण्डारी राजनीतिमा आउन चाहे कसैले नरोक्ने बताएका हुन्।

    ‘पार्टी काममा सक्रिय हुने चाहना देखाए उहाँलाई हामी निषेध गर्दैनौँ। उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ। तर, उहाँ आउँछु त भन्नुपर्‍यो, उहाँलाई सधैँ वेलकम छ,’ ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ? कसरी रोक्छ?’

    ओलीले पूर्वराष्ट्रपतिलाई पार्टीभित्रका नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको पनि उल्लेख गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार