Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकको अध्यक्ष बनाउने ग्यारेन्टीपछि सम्धीले सपथ लिए 


    शुक्रबार, असोज १६ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौै । राष्ट्रिय बाणिज्य बैंकको संचालक समिति सदस्यमा नियुक्ति भएको ४१ दिनपछि प्राडा उपेन्द्र कोइरालाले बिहीबार सपथ लिएका छन् । उनले अध्यक्ष नियुक्त नभएसम्म सदस्यका रुपमा बैंकको बैठकमा भाग नलिने अड्डी लिएका थिए । तर अध्यक्ष नियुक्ति गर्ने आश्वासन पाइसकेपछि उनले बिहीबार सपथ लिएका छन् । उनलाई २०७७ भदौ ५ मा अर्थमन्त्रालयले बैंकको संचालक समिति सदस्यमा नियुक्त गरेको थियो । जुन नियुक्तिको चर्को आलोचना भएको थियो ।

    बाणिज्य बैंकको सदस्यको नियुक्ति कोइरालाको सातौं नियुक्ति हो । उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी कोइरालाले सात पटक अवसर पाउने तर गणतन्त्र प्राप्तीका लागि जनआन्दोलनमा होमिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले एकपटक पनि अवसर नपाउने कुराको सामाजिक संजालमा चर्को बिरोध भएपछि उनलाई बाणिज्य बैंकले अध्यक्ष चयन गर्न सकेको थिएन । बिरोधको आवाज मथ्थर भएपछि बिहीबार उनले सपथ लिएका छन् । अब बस्ने राष्ट्रिय बाणिज्य बैंकको संचालक समितिको बैठकले उनलाई चयन गर्ने बताइएको छ ।

    सम्धीले अहिलेसम्म पाएका नियुक्तिको फेहरिस्त

    सम्धी कोइराला २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए । खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।  २०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

    पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको सदस्य बनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार