Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीका सीडीओ र सहायक सीडीओलाई कोरोना पुष्टि


    शुक्रबार, असोज १६ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ।

    ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो। सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। 

    उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए।

    बिहीबार कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन्। 

    दुवै प्रमुखमा कोरोना देखिएपनि जिल्ला प्रशासन कार्यालयले काम भने रोकेको छैन। अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारी कार्यालयमा छन्। उनीहरूले सेवाग्राहीका काम गरिरहेको बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार