Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको मृत्यु


    शुक्रबार, असोज १६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको हो। 

    शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्करबाट लिम्बु गम्भीर घाइते भएका थिए। 

    घाइते भएका लिम्बूको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाई-१० का २६ वर्षीय रेवतप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार