काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा महिनामा ६७ अर्ब ९५ करोड रूपैयाँको भन्सार राजस्व उठाएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष सोही अवधिमा ६७ अर्ब १६ करोडको भन्सार राजस्व उठेको थियो।
भन्सार विभागको लागि भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रूपैयाँ राजस्वको लक्ष्य दिइएको थियो। लक्ष्यको तुलनामा ७६ प्रतिशत राजस्व उठाएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए।
भदौमा भने लक्ष्यको ७१ प्रतिशत मात्रै भन्सार राजस्व उठेको छ। भदौ महिनामा ४९ अर्ब ३९ करोड रूपैयाँको लक्ष्य रहेकोमा ३५ अर्ब २९ करोड रूपैयााँको प्राप्ति भएको हो।
गत वर्षको तुलनामा आयात घटेको छ। तर करकार दरहरूमा गरिएको परिवर्तन र भ्याट छुटका सूची घटाइएका कारण राजस्व बढेको भन्सार अधिकारीहरूले जनाएका छन्।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend