Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • म्याद गुज्रेका चकलेट तथ बिस्कुटमा नयाँ लेवल काण्डमा मुछियो विशाल ग्रुप


    शुक्रबार, असोज १६ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । म्याद गुज्रेका कलेट, बिस्कुट, आलु चिप्समा नयाँ लेवल राख्दै बजार पठाउने काममा चर्चित विशाल ग्रुप जोडिएको छ । 

    बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा  र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिसकेका स्‍निकर, ट्याङ र ओरियो बिस्कुट, आलु चिप्स लगायतको सामग्री बरामद गरेको थियो । ती सामग्रीमा एक वर्षको म्याद थप गर्दै बजार पठाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 

    म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेसिनसहित बिहीबार महाशाखाले ९ जनालाई रङ्गेहात पक्राउ गरेको थियो ।

    पक्राउ परेकाहरुमा आयन समूहका प्रमुख बताउने  रोनक बोथ्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् । प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ।

    अपराध महाशाखाका अनुसार आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को  लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको खुलेको छ ।

    स्‍निकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको पाइएको छ ।

    करिब एक करोड रुपैयाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको र थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । गोदाममा युनिलिभरका उत्पादनहरु समेत रिलेबलिङ गरेको भेटिएको विभागले जनाएको छ ।

    यो काममा संलग्नता देखिएसँगै अपराध महाशाखाले विशाल ग्रुप र उसको संस्था युनाइटेड डिष्ट्रिब्युटरलाई अनुसन्धानको दायरामा ल्याउने तयारी थालेको छ ।

    सोहीकारण अहिले विशाल ग्रुपको चलखेल बढेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार अपराध महाशाखाका प्रमुख दिपक थापा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुसँग  सेटिङ मिलाउन विशाल ग्रुपले च्यानल मार्फत् प्रक्रिया अगाडि बढाइसकेको छ ।विशाल ग्रुप अन्तर्गतको यूनाइटेड डिस्टिव्युटर नेटवर्कमा काम गर्ने पुर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठलाई ग्रुपले खटाइसकेको स्रोतको भनाई छ ।

    तर जनस्वास्थ्यसँग खेलवाड गरिएको भन्दै महाशाखा प्रमुख एसएसपी थापाले भने यो काममा संलग्नलाई कारबाहीको दायरामा ल्यायरै छोड्न गरी काम गरिरहेको बताइएको छ । 

    विशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी बिश्वराज पोखरेललगायत प्रहरीका उच्च अधिकारीको उठबस रहँदै आएको छ। विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एसिया बैंकमा अध्यक्ष छन् ।

    विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल र एनआईसीका संचालक रामचन्द्र संघाई केही समय अघि जुवा केशमा समेत पक्राउ परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार