Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठकको २४ घन्टा नबित्दै हतारमा किन गरियो मुख्यसचिवको स्वागत र बिदाइ ?


    शुक्रबार, असोज १६ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले मुख्यसचिव नियुक्त गरेका शंकरदास बैरागीको स्वागत र निवर्तमान भएका लोकदर्शन रेग्मीको बिदाइ आजै भएको छ । प्रधानमन्त्री कार्यालयमा सुरुमा बैरागीको स्वागत गरिएको थियो भने लगत्तै रेग्मीको बिदाइ कार्यक्रम राखिएको थियो । बिहीबार बिहान ११ बजे सुरु भएको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव नियुक्ति गरेको हो ।

    नियुक्तिको ६ घन्टामै अपराह्न ५ बजे बैरागीको स्वागत र रेग्मीको बिदाइ भएको थियो । मन्त्रिपरिषदको निर्णय परिपक्व हुन २४ घन्टा समय राखिएको हुन्छ । २४ घन्टापछि मुख्यसचिवले मन्त्रिपरिषदका निर्णयको माइन्यूटमा सही गर्दछन् भने ७२ घन्टामा सार्वजनिक गर्ने गरिन्छ । तर बिहीबारको मन्त्रिपरिषदको निर्णयको माइन्यूट गर्नुपर्ने लोकदर्शन रेग्मीले हो, तर उनको औपचारिक बिदाइ बिहीबारै भइसकेको छ ।

     रेग्मीले नै मुख्यसचिवका हैसियतमा बिहीबारको निर्णयमा सही गर्नुपर्नेमा हतार हतार उनको बिदाइ भएको छ । मन्त्रिपरिषदका निर्णयमा रेग्मीले २४ घन्टा होइन, ३ घन्टामै हस्ताक्षर गरी बिदा भएका छन् । नयाँ मुख्यसचिव बैरागीले पदबहाली गर्न एक दिन पनि कुर्न सकेको देखिएन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार