Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना सङ्क्रमण बढ्यो


    शुक्रबार, असोज १६ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक हजार ५५९ जना सङ्क्रमित भएका थिए ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
    यस्तै काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

    डा. सापकोटाको मृत्यु
    कोरोना सङ्क्रमणबाट बिहीबार कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ । उहाँ उच्च रक्तचाप र मधुमेहका बिरामी हुनुहुन्थ्यो । कर्णाली प्रादेशिक अस्पतालले उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।यो समाचार आजको गोरखापत्रमा सरोज ढुुङ्गेलले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार