Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै


    आइतबार, भाद्र ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। एसिया कप क्रिकेटअन्तर्गत आज (आइतबार)भारत र श्रीलंका उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। भारतीय टिम पाँच वर्षपछि मुख्य उपाधि जित्ने दाउमा रहेको छ। १६ औं संस्करणको फाइनलमा कोलम्बोमा श्रीलंका र भारत दुबै उपाधि जित्ने लक्ष्यका साथ आज मैदान उत्रिँदै छन्।

    भारतीय टिमले पछिल्लो पटक २०१८ मा मुख्य ट्रफी जितेको थियो। युएईमा भएको एसिया कपमा नै भारतले उपाधि जितेको थियो। तर टी-२० फर्म्याटमा भएको गत संस्करणको उपाधि श्रीलंकाले जितेको थियो।

    एसिया कपमा एकदिवसीय फर्म्याटमा भारतले सर्वाधिक ७ पटक र टी-२० फर्म्याटमा १ पटक उपाधि जित्दा श्रीलंकाले ५ एकदिवसीय र १ टी-२० एसिया कपको उपाधि जितेको छ।

    २०१८ पछि आइसिसीले आयोजना गरेका पाँच मुख्य प्रतियोगिताहरू र एसिसीको एक इभेन्टमा भाग लिए पनि कुनै पनि प्रतियोगितामा भारत च्याम्पियन बन्न सकेको छैन। एसिसी र आइसिसीका इभेन्ट नै क्रिकेटको मुख्य उपाधिका रूपमा रहने गरेका छन्।

    भारतले २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा आइसिसी च्याम्पियन ट्रफीको उपाधि जितेको थियो। त्यसयता भारतले आइसिसी र एसिसीका कुल १३ प्रतियोगिता खेलेको छ, जसमा २ पटक एसिया कप मात्र जितेको छ। उसले २०१६ र २०१८ मा जितेकाे हाे।

    २०१४ मा बंगलादेशमा भएको टी-२० फाइनलमा पुगे पनि जित्न असफल भयो। भारत श्रीलंकासँग पराजित भएको थियो।

    भारत र श्रीलंकाबीच एसिया कपमा आठौं पटक फाइनलमा स्थान बनाए। एसिया कप बाहेक यी दुई टिम अन्य १२ फाइनलमा प्रतिस्पर्धा गरेका छन्। यी दुई टिमले एकदिवसीय विश्वकप, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफीको फाइनलमा समेत एक अर्का विरुद्ध प्रतिस्पर्धा गरिसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार