Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा कोरानाबाट पुरुषको मृत्यु


    बिहिबार, असोज १५ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज  मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका  ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो ।

    मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो संगै  चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार