Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना सङ्क्रमणः  प्रदेश १ मा १८२ थप, गण्डकीमा दुई हजार ७९३ निको, सुदूरपश्चिममा मृतक  १७ 


    बिहिबार, असोज १५ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • बिराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन जनाको कोरोनाबाट मृत्यु र १८२ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा सुनसरीका दुई पुरुष र मोरङकी एक महिला रहेका छन् । यसप्रदेशमा कोरोनाबाट हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा ६० महिला र १२२ जना पुरुष रहेका छन् ।

     थपिएका सङ्क्रमितमा मोरङमा ९८ जना मध्ये विराटनगरमा ६८, सुनसरीमा ६८, झापामा सात, ताप्लेजुङ र भोजपुरमा एकएक तथा प्रदेश बाहिरका सात जना रहेका  छन् ।

     हालसम्ममा यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८० पुगेको छ भने आज विभिन्न स्थानबाट १७४ जना निको भएर घर फर्किएका छन् । यसप्रदेशमा कोरोनाको उपचार पछि घर फर्कनेको सङ्ख्या तीन हजार २७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९७८ जना सहित एक लाख २४ हजार ७२३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

    २६ जना सङ्क्रमित थपिए

     पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ९७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

     थपिनेमा लम्जुङका १०, कास्कीका सात, बाग्लुङका छ  र म्याग्दीका तीन जना रहेका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ७९३ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४९ जना रहेको निर्देशनालयले जनाएको छ । 

    मृत्युपछि कोरोना सङ्क्रमणको पुष्टि  

    सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा  १२ की  एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

        बुधवार राती मृत्यु भएकी ३०वर्षीया महिलाको मृत्यु पछि लिइएको स्बावको नमूना परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  निमोनियाको समस्या देखिएपछि उनीलाई बुधवार विहान अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । असोज महिना शुरु भएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढेको छ ।  

       सेती प्रादेशिक अस्पतालको कोभिड-१९उपचार विभागका प्रमुख डा।शेरबहादुर कमरले दीर्घ रोगी र बढी उमेरका व्यक्ति सङ्क्रमित हुने सङ्ख्या बढ्दै जाँदा मृत्यु दर पनि बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो “सङ्क्रमितको सङ्ख्या बढ्दा जटिलता पनि त्यही अनुपातमा बढ्दै जाने गर्छ ।” सो अस्पतालको सघन उपचार कक्ष९आइसियु०मा तीन जना र आइसोलेशनमा२०जना सङ्क्रमित उपचाररत रहेका छन् । पछिल्लो १४दिन यता कैलालीमा तीन , र अछाम, डडेलधुरामा एक÷एक जना समेत पाँच जनाको मृत्यु भएको छ ।  यस वाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । चितवनमा मृत्यु हुनेको विवरण भने प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा समावेश गरिएको छैन ।

      प्रदेशमा हाल सम्म कैलाली जिल्लाका नौ जना,अछाम, बझाङ,र बाजुराका दुई÷दुई जना र डडेलधुरा र बैतडीका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेशमा बुधवार एकै दिन अहिले सम्मकै सबै भन्दा बढी १९६जनामा र पछिल्लो २४घण्टामा थप ३१जनामा सङ्क्रमणको पुष्टि भएको छ । यो समेत कूल सङ्क्रमित सात हजार३७६जना पुगेका छन् ।  लक्षण भएका सक्रिय सङ्क्रमित बिरामी पनि पछिल्ला दिनमा बढ्दै गएका छन् । यही असोज १गते ८०२जना सक्रिय सङ्कमित बिरामी रहेकोमा यो सङ्ख्या आज एक हजार १५७ पुगेको छ । 
     कोरोनाबाट सबै भन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित बिरामी ६६७ जना पुगेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार