Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छोरी बलात्कारको आरोपमा पक्राउ


    बिहिबार, असोज १५ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डाेटी । जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

    आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । 

    घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  इन्द्रबहादुर मल्लले दिए ।

    अभियुक्त विकलाई प्रहरीले  अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ  ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार