Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा सवारी दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु


    शुक्रबार, भाद्र २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ।सर्लाहीमा सवारी दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको ज्यान गएको छ।

    सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    कार्की सवार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

    उक्त दुर्घटनामा ३ वर्षीया बालिकासहित तीनजना घाइते भएका छन्। ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका- १ का ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार