Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाको भिडन्त


    शुक्रबार, भाद्र २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिया कप क्रिकेट २०२३ मा श्रीलंकाले पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ। कुशल मेन्डिसको ९१ तथा चारिथ असलन्काको ४९ नटआउट रनको मद्दतले श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको हो।

    अब उसको भेट भारतसँग फाइनलमा हुनेछ। पाकिस्तानलाई नै हराएर भारत फाइनलमा पुगिसकेको छ।

    जितका लागि डीएलएस अनुसार ४२ ओभरमा २ सय ५२ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम बलमा विजयी रन बटुलेको थियो। श्रीलंकालाई जितका लागि अन्तिम ओभरमा आठ रन चाहिएको थियो।

    मेन्डिसले तेस्रो विकेटका लागि सदीरा समरविक्रमसँग सय रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। त्यस अगाडि मोहम्मद रिजवानको ८६ नटआउट रनको मद्दतले पाकिस्तानले सात विकेटमा २ सय ५२ रन बनाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार