Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्दा मापदण्ड कायम गर्न काठमाडौं महानगरको निर्देशन


    बिहिबार, भाद्र २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण नगर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्दा मापदण्ड कायम गर्न निर्देशन दिएको हो ।

    खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्ने डेरीले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसारको मापदण्ड पूरा गर्न समेत महानगरले आग्रह गरेको छ ।

    यस्तै महानगरले दर्ता र नवीकरण नभएका डेरीहरुलाई ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन पनि सूचित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार