Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारागारमा दुई कैदी मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


    बिहिबार, भाद्र २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत संखुवासभाले कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका ७ प्रहरी र ८ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

    न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले ७ प्रहरीलाई धनकुटा र ८ कैदीलाई तेह्रथुम कारागारमा राख्न आदेश दिएको छ । उनीहरुलाई कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकेको छ ।

    गत साउन २४ गते संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार