Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वन्यजन्तु र काठ चोरी तस्करीसम्बन्धी ३२ मुद्दा दायर


    बिहिबार, असोज १५ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बारा । बाराको जङ्गलबाट अवैधरूपमा काठ र जीवजन्तुको चोरी तस्करी र ओसारपसारसम्बन्धी २२ वटा मुद्दा जिल्ला वन कार्यालय सिमराले जिल्ला अदालत बारामा दायर गरेको जनाएको छ ।

    कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाको विभिन्न वनजङ्गल क्षेत्रबाट गिटी, बालुवा, वन्यजन्तु र काठको ओसारपसार मा ४० जनालाई पक्राउ गरी कारबाही जरिवाना एवं मुद्दा दायर गरिएको कार्यालयका योजना शाखाका अधिकृत अनिल शाहले जानकारी दिए ।

    वन पैदावारको चोरी तस्करीका क्रममा ट्र्याक्टर दुई थान, मोटरसाइकल एक थान, साइकल २१ थान, बञ्चरो छ थान र काठ चिर्ने आरा मेशिन तीन थान तस्करबाट जफत गरिएको बताइएको छ । साथै गत वर्षको सो अवधिमा वन पैदावार काठ र दाउरा बिक्रीबापत रु तीन करोड १४ लाख छ हजार राजश्व सङ्कलन भएको थियो ।

    साझेदारी वन, राष्ट्रिय वन तथा फास्ट ट्र्याकबाट कटान भएका रुखको काठको लिलामीबाट उक्त राजश्व प्राप्त भएको अधिकृत शाहले बताए।

    चालु आर्थिक वर्षको साउन तथा भदौको दुई महिनामा वन क्षेत्रको चोरी तस्करी नियन्त्रण तथा अनुगमनका क्रममा काठ र दाउराका अवैध चोरी तस्करीसम्बन्धी १० वटा मुद्दा जिल्ला अदालतमा दायर भएको  कार्यालयबाट प्राप्त विवरणमा उलेख गरिएको छ । ती मुद्दामा १६ जनालाई पक्राउ गरिएको हो ।  पक्राउ भएकाबाट रु तीन लाख ३३ हजार धरौटीसमेत लिएको वन कार्यालयले जनाएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार