Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काश्मिरमा पाकिस्तानले आक्रमण गर्दा ३ भारतीय सेनाको मृत्यु


    बिहिबार, असोज १५ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जम्मू–कास्मिरको सीमा क्षेत्रमा पाकिस्तानले फायरिङ गर्दा अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ ।

    ५ जना घाइते भएका छन् ।  कास्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा दुई तथा पुन्छ सेक्टरमा एकजनाको मृत्यु भएको हो । त्यस्तै कुवान्डामा चार र पुन्छमा एक जना घाइते भएका छन् ।

    भारतीय सैनिक स्रोतकाअनुसार अहिले भारतले जवाफी कारबाही थालेको छ । पाकिस्तानतर्फ कति जनाको मृत्यु भयो भन्ने विषय खुलेको छैन ।

    पछिल्ला आठ महिनामा पाकिस्तानले सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक युद्धविराम उल्लंघन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार