Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घन्टायता ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो


    बिहिबार, असोज १५ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ। 

    ६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    यसअघि बुधबार नेपालमा ७ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार