काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । बिहीबार ११ जना मृतकमा कोरोना पुष्टि भएसँगै मृतकको संख्या ५ सय कटेको हो ।
देशका विभिन्न अस्पताल र घरमा गरी बिहीबार कुल ११ मृतकमा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।
बिहीबार नेपालमा कुल १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ ।