Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार थपिए १९ सय ११ जना कोरोना संक्रमित, डिस्चार्ज भए ९ सय ६१ जना


    बिहिबार, असोज १५ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ पुगेको छ। 

    त्यस्तै यस अवधिमा ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार