Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लद्दाख द्वन्द्वमा चीनको पक्ष लिँदै ग्रेटर नेपालले पठायो शुभकामना


    बिहिबार, असोज १५ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ग्रेटर नेपाल अभियानले लद्दाख युद्धमा चीनको समर्थन गर्दै शुभकामना सन्देश पठाएको छ ।  
     
    ७२ वर्षअघि चिनियाँ लालसेनाका प्रमुख माओत्से तुङले ३ लाख मानिसहरूको भिडका अघिल्तिर उभिएर जनवादी गणतन्त्र चीनको स्थापनाको घोषणा गरेका थिए । सोही दिनको सम्झनामा आजको दिनलाई चिनियाँले चीन स्थापना दिवसको रुपमा मान्ने गरेका छन् । त्यसयता चिनियाँले अक्टोबर १ लाई चीनको स्थापना दिवस, स्वतन्त्रता दिवस वा जनवादी गणतन्त्र चीनको स्थापनाको वार्षिकोत्सवका रुपमा मनाउने गरेको छ । 
     
    यही अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले चीनका राष्ट्रपति सि चिनफिङलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पठाएको सन्देशमा चीनका राष्ट्रपतिको सक्रिय र सुझबुझपूर्ण नेतृत्वमा जनवादी गणतन्त्र चीनले गरेको प्रगति र समृद्धिको प्रशंसा गरेको छ । यस्तै हालै चीन र इन्डियाबीच लद्दाख क्षेत्रमा भएको सैनिक द्वन्द्व इन्डिया अमेरिकी प्रभावमा परेका कारणले भएको समेत मोर्चाले दावी गरेको छ ।
     
    मोर्चाका अध्यक्ष नेपालले चीन र इन्डियालाई छुट्टयाउने म्याकमहन लाइन ब्रिटिश उपनिवेशको प्रतिक भएकाले त्यसलाई मान्न नसकिने र लद्दाख चीनकै अङ्ग भएको दावी गरेका छन् ।
     
    सन्देशमा अध्यक्ष नेपालले भनेका छन्, `अमेरिकी उक्साहटमा इन्डियाले यस क्षेत्रको शान्ति र स्थिरतामा खलल पुर्‍याउने गरी चीनविरुद्ध जेजस्तो गतिविधि गरे पनि राष्ट्रपति सिको प्रभावकारी नेतृत्वमा वार्ताद्वारा यो द्वन्द्वको समाधान हुनेछ ।´
     
    उनले सन्देशमा एक चीन नीतिको पूर्णपालना गरिने पनि बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार