Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याद सकिएको चकलेट बरामद, नयाँ लेबल राख्दै बेच्न लागेको आशंका


    बिहिबार, असोज १५ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कलंकीस्थित एक घरमा म्याद सकिएका स्‍निकर चकलेट ठूलो परिमाणमा फेला परेको छ।

    महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार महाशाखा र वाणिज्य विभागको टोली अहिले त्यहाँ बरामदका लागि पुगेको छ। 

    ‘म्याद सकिएका चकलेट फेला परेको छ, वाणिज्य विभाग र प्रहरीले अनुसन्धान गरिरहेको छ, आवश्यक प्रक्रिया पूरा गरेर बरामद गर्छौं’, एसपी कार्कीले भने।

    चकलेटमा पूरानो मिति मेटेर नयाँ मिति राखेर बेच्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार