Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राैतहट प्रहरीको हिरासतमा फेरि एक थुनुवाको मृत्यु


    बिहिबार, असोज १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा फेरि एक जनाको प्रहरी हिरासतमै मृत्यु भएको छ। रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी महिलाको बिहीबार बिहान मृत्यु भएको हो। 

    गुजरा नगरपालिका-२ कटानीटोलकी राधिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन्। अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी उनी प्रहरीको महिला सेल हिरासतमा मृत्यु भएको हो।

    ती महिला अनैतिक सम्बन्धको कारण हिरासतमा रहेकी थिइन् । प्रहरीका अनुसार ती महिला छारे रोगी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेकी थिइन्।

    यसअघि गरुडा नगरपालिका-८ का निरन्जन रामको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडा प्रहरी हिरासत मै मृत्यु भएको थियो। रामको गत भदौ १० गते मृत्यु भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार