Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असईकाे परीक्षा चलाउने नक्कली इन्स्पेक्टर पक्राउ


    बिहिबार, असोज १५ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीकाे नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने बाराका अजयकुमार रायलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेका हुन् ।

    उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र एक थान बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भैरहेका बेला उनलाई प्रहरीले पक्रेको हो ।  

    परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट ३ लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । उनीसहित प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का शिवनारायण चौरसिया र वीरगञ्ज–२७ रानीघाटका रामजी चौरसियालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार नक्कली लोक सेवाको परीक्षा सञ्चालन गरेर ठगी गर्ने योजना अजयकुमार रायले नै बनाएका थिए । ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्स्पेक्टर भन्दै यादवले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार