काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले यहि असोज २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएकोछ । बजारमा एकपछि अर्को गर्दै इन्स्योरेन्स कम्पनीका आइपीओहरु निश्कासन हुन थालेका छन् । हिजो बुधबार मात्र निश्कासन बन्द भएको जनरल इन्स्योरेन्सको आइपीओमा झन्डै ९ गुणा बढि आवेदन परेको थियो । यो आइपीओको बाँडफाँड लगत्तै फेरि अर्को निर्जीवन बिमा कम्पनीको आइपीओ पनि आउने भएको छ । यो कम्पनीको आइपीओ असोज २१ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्र्दै छ ।
कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ । सानिमा जनरल इन्स्योरेसको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिट लिमीटेड रहेको छ ।
यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइन्छ ।हाल यो कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओबाट ३० करोड जुटेपछि १ अर्ब रुपैयाँ हुनेछ ।