काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा प्रा. डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन्। वाणिज्य बैंक सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले कोइरालालाई सपथ गराएका हुन्।
अध्यक्ष हुनका लागि पहिले सञ्चालक समितिको सदस्य हुनुपर्छ। सदस्यमध्येबाट एक जनालाई सञ्चालक समितिको अध्यक्ष हुनेछन्। हाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव शर्मा, जनककुमार बराल, प्रा डा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा डा माधवप्रसाद दाहाल रहेका छन्।
उनलाई संचालक समितिको अध्यक्ष बनाउने गरी नै संचालक समितिमा ल्याएको बताइन्छ । यसको तयारी पनि भैसकेको बताइएको छ ।
कोइरालालाई तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णयमार्फत् भदौ ७ गते वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनको नियुक्तिको विषय बाहिर आएलगत्तै चर्को आलोचना भएपछि सपथ रोकिएको थियो।