काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका पाँच र बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ। प्रदेशमा सक्रिय संक्रमित १ हजार १ सय ४६ जना रहेका छन्।
साथै, हालसम्म २ हजार ७ सय ४२ जना कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भैसकेको छ।