Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा कोरोनाको स्थिति भयावह: १४१ को मृत्यु, १९ हजार संक्रमित


    बिहिबार, असोज १५ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीको सुरुआती समयमा काठमाडौंमा खासै प्रभाव नदेखिएको संक्रमण अहिले भयावह स्थितिमा पुगेको छ । अहिले देशभर दैनिक रुपमा भेटिने संक्रमितमा आधा भन्दा बढी काठमाडौं उपत्यकाको हुने गरेको छ । 

    बिहीबारसम्म उपत्यकामा संख्या १८ हजार ८ सय १६ जनामा संक्रमण पुष्टि भैसकेको छ । यस्तै १ सय ४१ जनाले ज्यान गुमाइसकेका छन्। काठमाडौं जिल्लामा मात्रै १४ हजार १ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।

    उपत्यकामा पहिलो संक्रमण गत चैत १० गते देखिएको थियो। त्यसयताका केही महिना नियन्त्रणमा रहेपनि पछिल्लो एक महिनादेखि भने संक्रमण बढ्दै गएको छ। संक्रमितमध्ये ६ हजार २ सय ४५ जना निको भैसकेका छन्। जनस्वास्थ्यकर्मीले काठमाडौैं उपत्यकालाई रेड जोन भनेका छन् । 

    यस्तैगरी ललितपुरमा २ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ। वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार ललितपुरमा १ हजार ४ सय २५ जना निको भैसकेका छन्। 

    भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या २ हजार ९४ पुगेको छ। त्यसमध्ये १ हजार ७२ जना निको भैसकेका छन् ।

    अहिले निशेषाज्ञा खुकुलो बनिसकेकाले काठमाडौं उपत्यकाको स्थिति अझै खराब हुनसक्ने जनस्वास्थ्यकर्मीले अनुमान गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार