Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप: आज भारत र श्रीलंका खेल्दै


    मंगलबार, भाद्र २६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसीसी एसिया कपको सुपर फोरअन्तर्गत हिजो सोमबार पहिलो जित हात पारेको भारतले आज मंगलबार दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दैछ ।

    सुपर फोरको दोस्रो खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्न लागेको हो । भारत र श्रीलंकाबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुँदैछ ।

    यसअघि वर्षाका कारण खेल प्रभावित बनेपनि भारतले पहिलो खेल आइतबार र सोमबार पाकिस्तानविरुद्ध खेल्दै जित निकालेको थियो ।

    यससँगै भारतको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । श्रीलंकाले पनि पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार