Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दलित महिलालाई जबरजस्ती गर्ने वडा सचिव पक्राउ


    बिहिबार, असोज १५ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी ।  जबरजस्ती करणीको आरोपमा वडासचिव पक्राउ परेका छन्। महोत्तरीको महोत्तरीको भंगहा नगरपालिका ९ स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ परेका हुन्।

    सोही वडाका एक महिलालाई भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले बुधबार साँझ जबरजस्ती करणी गरेको महिलाको आरोप छ । घटनापछि बिहीबार ९ बजेतिर आरेपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए । 

    बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।  महिलाको बयानका आधारमा वडा सचिव यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार