Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • तुल्सीलाल हलमा राखेर नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण सुरु भयो


    मंगलबार, भाद्र २६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गएराती निधन भएका नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले कार्यालयमा पुर्‍याएर श्रद्धाञ्जली दिन सुरु गरिएको छ । संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको शवलाई तुल्सीलाल हलमा राखिएको छ ।

    आज बिहान निधन भएका नेम्वाङलाई संविधानसभा अध्यक्षको हैसियतमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेका थियो । मन्त्रिपरिषद्को निर्णयसँगै नेपाली सेनाले पार्थिव शरीर शिक्षण अस्पतालबाट निकालेर च्यासल पुर्‍याइएको हो ।

    नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने भएको छ । एमालेले भने २८ गते मुन्धुम संस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ ।

    मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार