Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवि परीक्षा नियन्त्रक जोशीमा कोरोना पुष्टि, परीक्षा कार्यालय सिल


    बिहिबार, असोज १५ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय सिल गरिएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना देखिएपछि कार्यालयले आइतबारसम्मको लागि सबै काम रोकेको हो। 

    उनले बिहीबार सामाजिक सञ्जाल मार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।  

    कोरोना पोजिटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा छन्। गत असोज ६ गते विश्वविद्यालयमा परीक्षा संचालनको विषयमा भएको बैठकमा धेरै मानिसको जमघट भएको र सोही समयमा आफूमा कोरोना सरेको हुनसक्ने जोशीले बताए। तर आफूलाई अहिलेसम्म कोरोनाको कुनै लक्षण नभएको उनले जानकारी दिए । 

    जोशी नजिकै बैठकमा उपस्थित आइओमको डिन तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक दिब्या सिंहलाई यसअघि कोरोना देखिएको थियो । स्वास्थ्य प्रोटोकल अनुसार जोशीसहित विश्वविद्यालयका अन्य अधिकारिले पीसीआर परीक्षण गराएका थिय। तर अन्यमा भने कोरोना देखिएको छैन।

     
     

    परीक्षा नियन्त्रक जोशीले आफूसँग सम्पर्कमा आएकालाई सतर्क रहन र उच्च मनोबलका साथ बस्नका लागि आग्रह गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार