Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लगियो नेम्वाङको पार्थिव शरीर


    मंगलबार, भाद्र २६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

    नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिनेछ ।

    पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ ।

    एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

    सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार