Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक जारी, आज मुख्यसचिव नियुक्ति होलान् त ?


    बिहिबार, असोज १५ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मुख्यसचिव नियुक्ति लगायतका बिषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ । मन्त्रिपरिषदको नियमित बैठक भए पनि आजको बैठकमा मुख्यसचिव नियुक्ति हुने स्रोतहरु बताउँछन् । मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिने र नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बनाउने चर्चा ब्यापक छ । स्रोतका अनुसार मुख्यसचिव रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने आश्वासनपछि उनी राजीनामा दिन सहमत भएका छन् ।

    रेग्मी आगामी कात्तिक ५ मा ३ बर्षे कार्यकाल पूरा गरी बिदा हुँदै थिए । उनी कात्तिक ५ मा बिदा भएपछि मुख्यसचिवमा बरिष्ठताका आधारमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, वन सचिव डा. विश्वनाथ ओलीहरु दाबेदार हुन् । तर असोज २२ मै अवकाश हुन लागेका बैरागीलाई मुख्यसचिव बनाउने पक्षमा सरकार रहेको स्रोतको दाबी छ । यदि आजको मन्त्रिपरिषद बैठकमा बैरागी मुख्यसचिव भएनन् भने उनी असोज २२ मा ५ बर्षे पदावधिले बिदा हुनेछन् । त्यसो त असोज २२ मा अवकाश हुने सचिवहरु केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा पनि हुन् । अधिकारी त मुख्यसचिवको दौडमा पनि लागेका छन् । सापकोटा भने नेपाली कांग्रेसको कोटाबाट अख्तियारको आयुक्तको दौडमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार