Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ


    सोमबार, भाद्र २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ घर भएका सुजन पुरी छन् ।

    उनलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सानटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

    २४ वर्षीय सुजन पुरीले भूमिराज राईलाई क्यानडा पठाउने सपना देखाएर १० लाख ८५ हजार ठगी गरेको आरोप छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार