Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ


    सोमबार, भाद्र २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

    जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् भने अरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाहरुले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार