Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष ओलीको कडा प्रश्न : नाम लिएरै खुकुुरी हान्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो ?


    सोमबार, भाद्र २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी हान्नेलाई पहिले नै नियन्त्रणमा नलिएको भन्दै आक्रोश पोखेका छन् ।

    पार्टी कार्यालय च्यासलमा आयोजित एसिड आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पहिले नै खुकुरी हान्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो भन्दै प्रश्न गरे ।

    “अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त,” ओलीले भने, “पहिले नै खुकुरी हान्छु भनेको थियो । लात्ती हान्छु भनेर खुट्टा उचालेको थियो । मान्छेहरुको नाम लिई लिई काट्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो ?”

    त्यस्तै, उनले कांग्रेसको कोसी प्रदेशका सांसद खगेनसिंह हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिलाई आतंककारी क्रियाकलापको संज्ञा दिए । उनले सरकारले नियन्त्रणमा नलिएकोमा आपत्ति जनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार