Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • तारा एयरको पोखरा–जोमसोम नियमित उडान सुरु


    आइतबार, भाद्र २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको हो ।

    जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने छ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको कम्पनीले जानकारी दिएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार