Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • लुक्ला जाँदै गरेको तारा एयर जहाजको आपतकालीन ढोकाको सिसा बीच बाटोमै खस्यो


    आइतबार, मंसिर २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा बीच बाटोमै खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

    उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा थियो । तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।

    जहाजमा दुई जना प्यासेन्जर पनि थिए । तर, जहाज सकुसल अवतरण गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार