Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फोर्स कमाण्डरद्वारा नेपाली शान्ति सैनिकलाई सम्मानस्वरुप कदरपत्र


    बुधबार, असोज १४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सेन्टर अफ्रिकन रिपब्लिकमा परिचालित शान्ति सेनाका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल डानिइल सिद्धिकी ट्राओरेले चुनौतिपूर्ण परिस्थितिमा नेपाली शान्ति सैनिकले प्रदर्शन गरेको साहस उत्कृष्ट भनी प्रशंसा गर्नुभएको छ ।

     प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा बटुकदल गणले गत फागुन, जेठ र भदौमा हतियार धारी समूह विरुद्ध सञ्चालन गरेको कारवाहीको सन्दर्भ उल्लेख गर्दै फोर्स कमाण्डर ट्राओरेले जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न नेपाली शान्ति सैनिकले निर्वाह गरेको  भूमिका सह्रानीय रहेको बताउनुभयो ।

    उक्त मिशनमा तैनाथ नेपाली शान्ति सैनिकले अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चूनौतिपूर्ण परिस्थितिमा पु¥याएको समष्टिगत अतुलनीय योगदानको कदर गर्दै फोर्स कमाण्डरले सम्मानस्वरुप कदरपत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उक्त गणले सञ्चालन गरेको कारवाहीमा मुख्य नेतासहित ९ विद्रोहीलाई हातहतियारसहित पक्राउ गरेको थियो । विद्रोहीलाई पक्राउ गरेपछि उक्त क्षेत्रमा जातीय हिँसा नियन्त्रणमा आएपछि उक्त उपलब्धीको स्थानीय, सरकारी निकाय र मिसन मुख्यालयले प्रशंसा गरेको थियो ।

    कदरपत्र प्रदान गर्दै फोर्स कमाण्डर ट्राओरेले भन्नुभएकोछ, “जीउज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले पेशागत दक्षता प्रर्दशीत गर्छ । यसबाट द्वन्द्वग्रस्त मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने छ ।” 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार