Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा


    बुधबार, असोज १४ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो ।

    नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । उनले भने, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” 

    प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको  उहाँले जानकारी दिए । बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार