काठमाडौ । सहरी विकास तथा भवन निर्माण विभाग मातहतका आयोजनामा कार्यरत इन्जीनीयरहरुको सरुवा भएको छ ।
मन्त्रालयले सात डीई र इन्जीनीयरहरुको सरुवा शुक्रबार निकालेको हो । सरुवा हुनेहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी डीई रमिता श्रेष्ठलाई सघन सहरी भवन निर्माण आयोजना रामेछाप, प्रभाकरणलाल कर्ण सीएलपीआईयुबाट सघन सहरी भवन निर्माण आयोजना ओखलढुंगा, रंजन दास धनकुटाबाट बीरगंज छन् ।
त्यसैगरी, सघन सहरी भवन निर्माण आयोजना ओखलढु्ंगाका प्रमुख डा. युवराज पौडेल सहरी विकास तथा भवन निर्माण विभागमा र विनोद सिंह बीरगंजबाट सहरी विकास मन्त्रालयमा सवा भएका छन् । नयाँ सहर आयोजना धादिङका इन्जीनीयर सुमन मिश्र सघन सहरी भवन निर्माण आयोजना धनुकटा सरुवा भएका छन् । इन्जीनीयर सुदिप पौडेल भवन विभागबाट झापा सरुवा भएका छन् । डा. मिश्र सबैभन्दा कनिष्ठ हुन् । उनी कनिष्ट भएर पनि पटक पटक कामु आयोजना प्रमुख हुदै आएका छन् ।
नयाँ सहर धादिङमा कार्यरत मिश्रलाई सघन सहरी भवन निर्माण आयोजना धनुकटामा लगियो । धनकुटा आयोजनाले सहरी विकासमन्त्री सिता गुरुङको गृह जिल्ला तेहथुम पनि हेर्ने गर्छ । त्यसैले मिश्रले अब तेह«थुमका योजना कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।
हाल धनकुटामा रञ्जन दास कार्यरत छन् । उनलाई वीरगञ्ज पठाइएको छ । एक÷डेढ महिनाभित्रै रञ्जन डिभिजन इञ्जिनियरमा बढुवा हुँदैछन् । उनी सबैभन्दा सिनियर इञ्जनियर हुन् ।
सहरी विकास मन्त्रालयमा दास अब्बल कर्मचारीको रुपमा चिनिन्छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend