Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहरी विकास मन्त्रालयद्वारा इन्जीनीयर र डीईहरुको सरुवा


    आइतबार, भाद्र २४ २०८०
    4.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । सहरी विकास तथा भवन निर्माण विभाग मातहतका आयोजनामा कार्यरत इन्जीनीयरहरुको सरुवा भएको छ ।

    मन्त्रालयले सात डीई र इन्जीनीयरहरुको सरुवा शुक्रबार निकालेको हो । सरुवा हुनेहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी डीई रमिता श्रेष्ठलाई सघन सहरी भवन निर्माण आयोजना रामेछाप, प्रभाकरणलाल कर्ण सीएलपीआईयुबाट सघन सहरी भवन निर्माण आयोजना ओखलढुंगा, रंजन दास धनकुटाबाट बीरगंज छन् ।

    त्यसैगरी, सघन सहरी भवन निर्माण आयोजना ओखलढु्ंगाका प्रमुख डा. युवराज पौडेल सहरी विकास तथा भवन निर्माण विभागमा र विनोद सिंह बीरगंजबाट सहरी विकास मन्त्रालयमा सवा भएका छन् । नयाँ सहर आयोजना धादिङका इन्जीनीयर सुमन मिश्र सघन सहरी भवन निर्माण आयोजना धनुकटा सरुवा भएका छन् । इन्जीनीयर सुदिप पौडेल भवन विभागबाट झापा सरुवा भएका छन् । डा. मिश्र सबैभन्दा कनिष्ठ हुन् । उनी कनिष्ट भएर पनि पटक पटक कामु आयोजना प्रमुख हुदै आएका छन् ।

    नयाँ सहर धादिङमा कार्यरत मिश्रलाई सघन सहरी भवन निर्माण आयोजना धनुकटामा लगियो । धनकुटा आयोजनाले सहरी विकासमन्त्री सिता गुरुङको गृह जिल्ला तेहथुम पनि हेर्ने गर्छ । त्यसैले मिश्रले अब तेह«थुमका योजना कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

    हाल धनकुटामा रञ्जन दास कार्यरत छन् । उनलाई वीरगञ्ज पठाइएको छ । एक÷डेढ महिनाभित्रै रञ्जन डिभिजन इञ्जिनियरमा बढुवा हुँदैछन् । उनी सबैभन्दा सिनियर इञ्जनियर हुन् ।
    सहरी विकास मन्त्रालयमा दास अब्बल कर्मचारीको रुपमा चिनिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार