Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • डडेल्धुरामा पहिरोमा झरेको ढुंगा लागेर एक युवाको मृत्यु


    आइतबार, भाद्र २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर एक युवाको मृत्यु भएको छ। ​

    केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा पहिरोमा आएको ढुंगा लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको ज्यान गएको हो।

    शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो।

    घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार