Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिमालयन एयरलाइन्सद्वारा काठमाडौं-छिन्ताओ उडान सुरु


    आइतबार, भाद्र २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले चीनको छिन्ताओमा उडान सुरु गरेको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज बिहान काठमाडौं-छिन्ताओमा उडानको उद्घाटन गरेका हुन्। उनीहरुले यात्रुलाई खादा लगाएर बिदाई गरेका थिए।

    पर्यटनमन्त्री किरातीले छिन्ताओसम्मको उडानबाट चिनियाँ पर्यटनहरुको संख्या बढ्ने विश्वास व्यक्त गरे। चिनियाँ राजदूत सोङले सन् २०१९मा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएको बेला अघि सारेको ट्रान्स हिमालयन कनेक्टीभिटीको अवधारणा अनुसार काठमाडौं-छिन्ताओ उडान भएको बताए। काठमाडौं-छिन्ताओको आजको पहिलो उडानमा १ बालकसहित ११२ यात्रु रहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार