Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडाैँमा ग्यास बिस्फोट हुँदा ५ जना घाइते


    बुधबार, असोज १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । काठमाडौमा ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन्।

    घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा  ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।

    घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य।

    खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने  क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार