Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी नियमावलीमा दुर्गममा काम नगरेपनि अध्ययन बिदा पाउने व्यवस्थासहित तीन संशोधन


    बुधबार, असोज १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । सरकारले नेपाल प्रहरी नियमावलीलाई संशोधन गरेको छ । प्रहरी नियमावलीमा दुर्गममा काम नगरेपनि अध्ययन बिदा पाउने व्यवस्थासहित तीन संशोधन सरकारले गरेकाे हाे।

    पहिलो हेरफेर प्रहरीमा भर्ना हुने चिकित्सकसम्बन्धि छ । तीन वर्ष सेवा गरेर कम्तीमा एक वर्ष दुर्गममा सेवा गरेपछि अध्ययन बिदा पाउने पुरानो प्रावधानलाई संशोधन गरी दुर्गममा काम नगरेपनि अध्ययन बिदा पाउने व्यवस्था गरिएको छ ।सो व्यवस्थाको माग गरी प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरुले सामूहिक राजिनाको चेतावनी दिएका थिए । चिकित्सकलाई प्रहरी सेवामा टिकाउन यो संशोधन गरिएको छ ।

    दोस्रो संशोधन भनेको मुद्दा परेको प्रहरीको विषयमा छ । यसअघि कुनै प्रहरीविरुद्ध फौजदारी मुद्दा परेमा सो मुद्दा अन्तिम किनारा नलागेसम्म जागिरमा फर्कन नपाउने प्रावधान थियो । त्यसमा संशोधन गरी सुरु अदालतबाट सफाई पाएमा जागिरमा फर्कने पाउने व्यवस्था गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीले अदालतबाट सफाई पाएपनि निलम्बन फुकुवामा समस्या भएपछि नियमावली संशोधन भएको हो।तेस्रो संशोधन भनेको प्रहरी नियमावलीमा प्रहरीको साइबर ब्यूरो रहने विषय पहिलोपटक समाबेश गरिएको छ । नियमावलीलाई गृह मन्त्रालयले राजपत्रका प्रकाशनका लागि पठाइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार