Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीको मलंगवामा मूर्ति विसर्जनकाे क्रममा झडप भएपछि कर्फ्यू आदेश


    शनिबार, भाद्र २३ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डौ। कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ ।

    हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले उज्यालोलाई जानकारी दिए ।

    आज बेलुका पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान आठ बजेसम्म रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको प्रजिअ यादवले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयले आज सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि कर्फ्यूलगाउनु परेको हो ।

    अहिलेको अवस्था सामान्य रहेको र बेलुका वा रातिको समयमा झडप हुन सक्ने अनुमान्का कारण कर्फ्यू लगाएर सुरक्षा व्यवस्था मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार